स्वर्गीय टेकबहादुर चोखालकी छोरीले पाईन् लोकप्रिय मत, कांग्रेसका नेता कार्यकर्ताले दिए अपार माया
 
ss

नेपाली कांग्रेसका नेता स्वर्गीय टेकबहादुर चोखालकी छोरी नीपा चोखाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएकी छिन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रत्यक्ष महिला तर्फबाट चोखालले सबैभन्दा धेरै मत प्राप्त गरेर विजयी भएकी हुन् । अन्तिम नतिजामा उनले सबैभन्दा बढी २८७ मत पाएको निर्वाचत समितिले जनाएको छ ।

प्रत्यक्ष महिला तर्फ १० जना प्रतिस्पर्धीमध्ये चोखालको धेरै मत आएको थियो । क्षेत्र नम्बर ५ मा ५२६ मतदान भएकोमा उनले सबैभन्दा बढी २८७ मत पाएकी हुन् । प्रत्यक्ष महिला तर्फ उनीसँगै चार जना विजयी भएका छन् । 

महाधिवेशन प्रतिनिधिमा आफूलाई अग्रज नेता कार्यकर्ता, प्रतिनिधिहरूले देखाएको माया एवम् सद्भावप्रति खुसी व्यक्त गर्दै चोखालले आभार प्रकट गरेकी छिन् । उनले प्रतिनिधिहरूलाई धन्यावाद दिएकी छिन् ।

चोखालले भन्नि, ‘मलाई कैलालीका कांग्रेसका अग्रज नेताहरू, प्रतिनिधिहरू र शुभेच्छुकहरूले दिनुभएको मायाप्रति आभार प्रकट गर्दछु । उहाँहरूको यो ऋणलाई समय आएपछि तिर्नेछु । अग्रजको सम्मान गरेर अगाडि बढ्नेछु ।’