धनगढीको कुमारी बैंकमा इन्जिनियरको धर्ना
 
ss

बैंकबाट धितो लिने प्रायोजनका लागि घरजग्गा मुल्याङ्कन कार्य गर्ने मुल्याङ्कनकर्ता इन्जिनियरलाई पक्राउ गरेको भन्दै नेपाल भ्यालुयर्स एसोसियसन सुदुरपश्चिममा आवद्ध ईन्जिनियरहरुले कुमारी बैंकको धनगढी शाखा अगाडि धर्ना दिएका छन् ।

नेपाल भ्यालुयर्स एसोसियसन बीरगन्जका सदस्य समेत रहेका मुल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरसियालाई पक्राउ गरेर राखेको विषयमा देशव्यापी रुपमा भएको कार्यक्रम अन्तर्गत बैंकको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित शाखा अगाडि पनि कालो व्यानर सहित धर्ना दिइएको हो ।

बैंक तथा संस्थाद्वारा बारम्बार हुने अमानवीय व्यवहार बिरुद्ध बिरोधस्वरुप धर्ना कार्यक्रम आयोजना गरिएको भ्यालुयर्स एसोसिएसनको भनाइ छ ।  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले चौरसियालाई गत कार्तिक २२ गते पक्राउ गरी हिरासतमा राखेको छ । धर्ना दिँदै नेपाल भ्यालुयर्स एसोसिएसन सुदुरपश्चिमकाका सदस्यहरुले चौरसियालाई निसर्त तुरुन्त रिहा गर्न माग गरेको छ ।