डोटी काँग्रेसको सभापतिमा सिंह विजयी
 
ss

नेपाली कांग्रेसको डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन्। आज भएको दोस्रो चरणमा चुनावमा सिंहले भूमिराज बडूलाई पराजित गर्दै सिंह सभापतिमा विजयी भएका हुन्।

दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको निर्वाचन कमिटीले जनाएको छ । सिंहले ५६८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी बडूले ३९७ मत ल्याए। 

पहिलो चरणमा सिंहले ३६८, बडुले ३४२, प्रदिप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए। ५ प्रतिस्पर्धीमध्ये ५० प्रतिशत मत कसैको नपुगेपछि दोस्रो चरणमा निर्वाचन भएको थियो।