

कञ्चनपुरको एक क्वारेन्टिनमा राखिएका नागरिकलाई दही जेरी खुवाइएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ९ पन्चाधिन माविको क्वारेन्टिनमा रहेका स्थानीयलाई दही जेरी खुवाइएको हो।
राजघाट निवासी बालकृष्ण अवस्थीले क्वारेन्टिनमा रहेका ३९ जानालाई दही जेरी खुवाएका हुन्। अवस्थीले धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरबेहडीमा मष्टा डेरी पनि सञ्चालन गरेका छन्।
