
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि प्रधानमन्त्री भन्दा कम नभएको दावी गरेका छन्।

कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि कैलाली आएका प्रचण्डले भने, ‘हुन त प्रधानमन्त्री त म होइन्। तर, प्रधानमन्त्री भन्दा कम पनि छैन। अर्थमन्त्रालय हामीसँगै छ।
भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ। युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ। यसपाली केपी ओलीको जस्तो हुँदैन।’
