कैलालीमा काग्रेंस अधिवेशनः ९१ वडामा सर्वसम्मत, २४ वडामा निर्वाचन हुँदै, एक वडामा अधिवेशन हुन सकेन्

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीको ९१ वडामा सर्वसम्मतले वडा कार्य समति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

कैलालीका एक सय २६ वडामध्ये ९१ वडामा सर्वसम्मत रुपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिए ।
उनका अनुसार १० वटा वडामा सर्वसम्मतमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रयास भइरहेको छ । २४ वटा वडामा भने निर्वाचन भइरहेको छ । केही वडामा आजै निर्वाचन भइरहेको र केही वडामा भोलि निर्वाचन हुने सुनारले बताए ।

कैलालीको एक वडामा भने आज अधिवेशन हुन सकेन । गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा भोली अधिवेशन हुने सुनारले जानकारी दिए ।