कैलालीमा काँग्रेसको वडा अधिवेशन  ३७ वडामा सर्वसम्मत, बाँकीमा निर्वाचन हुँदै
 
dd

कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। अहिलेसम्म जिल्लाका ३७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला कार्यसमिति कैलालीले जानकारी दिएको छ।

धनगढी उपमहानगरपालिकाका मात्रै ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। तर जिल्लामा रहेका १३ पालिकाका १ सय २६ वडामध्ये अधिकांशमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन अघि बढाउने तयारी भइरहेको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ।

जिल्ला सचिव नृप सुनारले ३७ वडामा सर्वसम्मत नेतृत्व चयन भएको र सहमति हुन सक्ने वडामा सहमतिको प्रयास जारी रहेको बताए। तर अधिकांश वडामा भने मतदान गर्नुपर्ने भएकाले निर्वाचन समिति त्यसको तयारीमा जुटेका छन्।