
नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबार (भोली) देखि सुरु हुने भएको छ । नेपाली काग्रेस कैलालीले शुक्रबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो ।

वडा अधिवेशनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह 'मनु' ले जानकारी दिए । १८ हजार २ सय ७३ कृयाशिल सदस्यता रहेको जिल्लामा २ हजार ५ सय जना अध्यक्ष,सभापती,क्षेत्रीय प्रतिनिधि लगायतका पदमा चयन गरिने नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
यस अघि भदौ १८ गते हुने भनिएको वडा अधिवेसन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो ।
