कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भन्दै सुदूरपश्चिमबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र
 
korona

कोभिड १९ नियन्त्रणका लागि सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । काग्रेंसले देशभरीबाटै ज्ञापन पत्र बुझाउने क्रममा मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले ज्ञापनपत्र बुझाएका हो । कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै कांग्रेसले सडकबाटै सरकारलाई खबरदारी गर्न लागेको हो ।

सरकारको गैर जिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको निष्कर्ष निकाल्दै कांग्रेसले पार्टीका सबै तह र निकायबाट विशेष ज्ञापनपत्र बझाएको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए । मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर कांग्रेसले गरेको छ । सामाजिक दूरी कायम राख्दै कांग्रेसले मंगलबार मुख्यमन्त्री मार्फत रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बझाएको नेता रावलले बताए ।‘कोरोना नियन्त्रण गर्न सरकार असफलभयो । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रावलले भने– ‘सरकार विगतका गल्ती सच्याएर अघि बढेर कोरोना नियन्त्रण तर्फ ध्यान देओस् ।’

अहिले पनि आरडिटी बन्द गरी आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पिसिआर परीक्षणलाई व्यापक रूपमा विस्तार गर्न माग गर्दै असुरक्षित क्वारेन्टाइन बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरेको छ । खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका आमश्रमिक, दैनिक ज्यालादारीमा निर्भर श्रमिक, सहर केन्द्रीत स्थानहरूमा डेरा गरी बसेका विद्यार्थी, एकल महिला, अपांगता र अशक्त नागरिक, बालबालिका तथा ज्येष्ठ नागरिक तथा आमनागरिकको न्यूनतम आवश्यकता पूर्ति गर्न जीवन निर्वाह गर्ने आर्थिक प्याकेजको व्यबस्थाको समेत काँग्रेसले माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश कोभिड १९ को जोखिम भएकोले सरकार तदारुपताका साथ काममा अगाढी बढिरहेको बताए । पिसिआर मेसिन खरिद गर्ने प्रकृयामा बढाईसकेको बताउदै मुख्यमन्त्री भट्टले क्वारेन्टाईन पनि व्यबस्थीत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको दाबी गरे ।