
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

जसका कारण मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् ।

आज साँझ नै उनीहरूले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसैविच सुदूरपश्चिमको तराई क्षेत्र कैलाली-कञ्चनपुरमा पनि छठको रौनकता छाएको छ ।धनगढीस्थित मोहना नदी किनारमा छठी घाट निर्माण गरेर सजाउने अन्तिम चरणमा पुगेको छ ।