
धनगढीमा नेपाल प्राध्यापक संघको प्रशिक्षण कार्यक्रम सुरु भएको छ। कैलाली बहुमुखी क्याम्पसमा शनिबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रमको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रले परिणाम नदिएको बताएका छन्। ‘नेपालमा शिक्षा प्रणाली काम लागेको छैन। पहिलाको शिक्षा काम लागेको थियो। तर अहिलेको शिक्षा काम लागेको छैन्’ उनले भने।

