
कञ्चनपुरमा अत्यावश्यकबाहेक अन्य अवस्थामा द्रुत राहदानी सिफारिस नगरिने जनाईएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै यस्तो जनाएको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार काठमाडौंमा रहेको राहदानी विभागको कार्यालय स्थानान्तरण भईरहेकाले सेवा प्रभावित भएको हो।अत्यावश्यक कारणसहित आएका सेवाग्राहीलाई मात्र राहदानी सिफारिसको सेवा दिईने जनाएको छ ।
