
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११७ जनाको नमूना परिक्षण गरिएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ५ का ६७ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । सोही अवधिमा अस्पतालमा ६ जना नयाँ कोरोनाका बिरामी अस्पतालमा भर्ना भएका छन् ।
