
गत आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । भने बाढीपहिरोमा परेर २२ जना जना बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १६, डडेल्धुराका तीन, बझाङका नौ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।
