
डोटीको बुडरमा रहेका पसलहरुमा पानी पसेको छ । लगातारको बर्षाका कारण पसलहरुभित्र पानी पस्दा करोडौंको क्षति भएको छ ।

डोटीको बुडर स्थित मिलचौराहामा सिटी ट्रेड सर्कलको व्यापारिक घराना (गोदाम) मा पानी पस्दा करोडौको नोक्सान भएको छ ।

सुर्य नेपालको चुरोट, वाइवाइ चाउ चाउ, खाद्यान्न तथा बिबिध कम्पनीको डिलरको रुपमा पसलमा करोडौको क्षति भएको सञ्चालक केशव चन्दले जानकारी दिए ।
बुडर जोगबुडा सडकमा पहिरो जाँदा गोदाम तथा घरहरु जोखिममा रहेका छन् ।