
नेकपा एकीकृत समाजवादी पार्टीको धनगढी उप–महानगरपालिका कमिटी अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन्।

मंगलवार बसेको नेकपा (एस) को पहिलो नगर भेलाले रेग्मीको नेतृत्वमा १ सय १ सदस्यीय कमिटी चयन गरेका हो।
नगर कमिटीको उपाध्यक्षमा रुजी बस्नेत, राम निवास राना र रणबहादुर मगर चयन भएका छन्। यस्तै सचिवमा बाबुराजा श्रेष्ठ चयन भएका छन् भने सह–सचिवमा लक्ष्मी चौधरी र तुलाराम खनाल चयन भएका छन्।
