
डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा भिरबाट लडेर आदर्श गाउँपालिका– ३ अैलीकी ४० वर्षीय भागा देवी पाठकको मृत्यु भएको हो।

घर नजिकैको भिरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको उनका जेठाजु कांशिराम पाठकले बताए। मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन्।
