
कैलालीमा सात जना फरार प्रतिवादी पक्राउ परेका छन्।

करणी अभियोगका कैलारी गाउँपालिका वडा नम्बर १ का बिनोद चौधरी, करणी कसुरमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय अशोक चौधरी, लागू औषध मुद्दाका धनगढी उपमहानगरपालिका वडा नम्बर १ को शत्रुजित जोशी, वन मुद्दाका धनगढी उपमहानगरपालिका १७ का १९ वर्षिय अमन चौधरी, २९ वर्षका कृष्ण राना, सोही स्थानका १८ वर्षिय अभिषेक चौधरी र ३० वर्षका बब्लु राना लाई प्रहरीले पक्राउ गरेको हो।
