शारथी अस्पतालले आजदेखि निशुल्क ओपडी सेवा सुरु गरेको छ । कैलालीको धनगढी स्थित अस्पतालले दशैँको अवसरमा असोज ३० गतेसम्म ओपडी सेवा निशुल्क गरेको हो ।
पाँच सय डाक्टरको ओपीडी शुल्क लिदै आएको अस्पतालले दशैको अवसरमा दिईने निशुल्क ओपीडी सेवाले विरामीलाई राहत पुग्ने अस्पतालका प्रवन्ध निर्देशक बेदप्रसाद जोशीले जानकारी दिए ।
विगत ३ बर्षदेखि संचालनमा रहेको अस्पताल “सस्तो सारथी हाम्रो सारथी“ भन्ने नाराकासाथ सर्वसुलभ सेवा दिदै आएको अस्पतालको दाबी छ ।
यस्तै दमका बिरामीको पिएफटी निःशुल्क जाँच गर्ने र मेसिन समेत निशुल्क उपलब्ध गराउने अस्पतालले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । अस्पतालले बिशेषज्ञ डाक्टर सहित बिभिन्नि सेवा प्रदान गर्दै आएको छ ।
