
नदिमा डुबेर कैलालीका एक जना बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका –१ पूर्व लम्कीका २६ वर्षीय दिपक जैशी बल्चौर स्थीत कर्णाली भगालोमा डुबेर बेपत्ता भएका हुन।

घरबाट पिकनिक खान आइतबार बिहान साथिहरुसँगै गएका उनी दिउँसो बेपत्ता भएका हुन। नदीमा पौडी खेलीरहेको समयमा बेपत्ता जैशीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
