
धनगढी उपमहानगरपालिकाले घर पालुवा र छाडा कुकुर लक्षित सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको निशुल्क खोप शिविर सञ्चालन गरेको छ ।

असोज ९ गतेदेखि १२ गतेसम्म संचालन हुने उक्त शिविरमा अहिलेसम्म १ सय ५१ ओटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको धनगढी उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डाक्टर समीर ठाकुरले बताए । उनले १ सय ४३ कुकुरको बन्ध्याकरण गरिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले उपमहानगरपालिका भित्रका कुकुर पालकहरूलाई शिविरमा आई रेबिज विरुद्धको खोप लाउन आग्रह गरे । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौको सहयोगमा शिबिरको आयोजना गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।