काँग्रेसलाई कमजोर नआक्न एकीकृत समाजवादीलाई नेता रावलको चेतावनी
 
dd

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले नेतृत्व नपाए नेपाली काँग्रेस प्रदेश सरकारमा नजाने बताएका छन् । नेता रावलले अहिलेकै अवस्थामा नेपाली काँग्रेसमा सरकारमा नजाने स्पष्ट पारे । “पाँच दलीय गठबन्धन र लोकतन्त्रको रक्षाका लागि हामी लचिलो छौ । तर यसको अर्थ हामी चुपचाप प्रदेश सरकारलाई समर्थन गर्दैनौ” उनले भने, “पार्टीको केन्द्रीय नेतृत्व र केन्द्रमा पाँच दलीय गठबन्धनबीच भएको सहमती कार्यान्वयन गर्न भने हामी प्रतिबद्ध छौ । हाम्रो कारण सुदूरपश्चिममा पाँच दलीय गठबन्धनमा पर्न दिन्नौ ।

नेता रावलले सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल बने लगत्तै नेकपा एकीकृत समाजवादीका नेता र केही मन्त्रीले काँग्रेसलाई सरकारमा सहभागी गर्नुपर्ने आवश्यकता नरहेको अभिव्यक्ति दिएकोमा भने आपत्ती जनाए ।  “ यो कस्तो दम्भ हो । समाजवादी पार्टी र उनीहरुको सांसद पद रहने÷नरहने टुंगो, छैन . अदालतमा मुद्दा बिचाराधीन छ” उनले भने, “दुई सासद बढी हुदैमा यस्तो दम्भ प्रदर्शन गर्नु राजनैतिक चरित्र होईन ।”

यदि सुदूरपश्चिममा दुई जना सांसद बढी हुदैमा काँग्रेस नचाहिने हो भने बाग्मती र एक नम्बर प्रदेशमा सरकारको नेतृत्व पाउने पर्ने दावी गरिरहेको एकीकृत समाजवादी पार्टीका १०/१० जना सांसद मात्र छन् । जवकी काँग्रेसका त उनीहरुभन्दा दोब्बर सांसद छन् । त्यहाँ त काँग्रेसको साथमा समाजवादी पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ ।

उनले सांसद पदको दम्भ नदेखाउन र काँग्रेसलाई उपेक्षा नगर्न नेकपा समाजवादीका नेताहरुलाई चेतावनी दिए । “हामी सरकारका कामलाई चुपचाप समर्थन गर्दैनौ । समाजवादी पार्टीको यस्तै रवैया रहिरहे त्यसको परिणाम भोग्न तयार रहोस ” उनले भने । जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको डा. रावलले आरोप लगाए ।