
सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा बुधबार ३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८५ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सेतीमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
