
सुदूरपश्चिम प्रदेश सभाको सबै भन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीको आज बसेको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको छ ।

बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।एमालेबाट बिभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेश सभामा १४ जना सांसद छन् ।
