
धनगढीमा निषेधाज्ञा खुलेसँगै बजारमा सवारी साधनको चाप बढेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढीमा सवारी जामको समस्या बढ्दै गए पछि यहाँ बारम्बार ट्राफिक जाम समेत बढ्दै गएको हो ।

साँघुरो सडक र सवारी साधनको चाप बढ्दै गएपछि जामको समस्या पनि बढेको हो । मुख्य सडकको एलएनचोकमा जामको समस्या बढि छ । आज बिहान पनि करिब आधा घण्टा जाम भएको हो ।
