
भारतबाट नेपाल फर्किने नेपालीलाई सीमा नाकामै कोरोना खोप लगाउन थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले भदौ १० गतेदेखी गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरूलाई सीमामै खोप दिन थालेको हो।

गड्डाचौकी हेल्थ डेस्कका प्रमुख डाक्टर सन्तोष भट्टले भदौ १० गतेदेखि आज (१७) गतेसम्म ६७२ जनालाई खोप लगाइसकेको बताए। भारतबाट नेपाल फर्कनेहरूको एन्टिजेन टेस्ट गरेर नेगेटिभ आएकालाई अस्ट्राजेनेकाको खोप लगाइएको डाक्टर भट्टले बताए।
उनले सरकारको निर्णय अनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको बताउदै पहिलो डोज नाकामा लगाएकाहरूले दोस्रो डोज भने सम्बन्धित पालिकामै लगाउनु पर्ने बताए।
