
कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले भदौँ २० गतेसम्मलाई निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौँ २० गतेसम्म गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
