 
बुधबार बसेको मन्त्रि परिषद्को बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेपछि कैलालीमा पनि लकडाउनको स्वरुप फेरिएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनबारे नयाँ निर्णय गरेको हो ।
 
 कोरोना संक्रमण कायमै रहेको भन्दै सरकारले चरणबद्ध रुपमा विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेकोमा सोही अनुसार कैलालीमा पनि मन्त्री परिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
 सञ्चालन गर्न पाउने कार्य र सेवाहरु अधिकासं खोल्न पाउने निर्णय भएको छ भने केही सेवा र कार्य भने असार १ गतेदेखि सञ्चालन गर्न पाईने छ । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
