
बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १३४ नमूनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै ११५ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ५ जना अस्पतालमा भर्ना भएका छन् । भने १ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्।
