
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १३ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा ११३ नमूनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १०१ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् । भने ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।
