
सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा इलाकाबाट चाँदी बरामद परेको छ ।

सशस्त्र प्रहरीले करिब १ लाख ५० हजार रूपैयाँ मूल्य बराबरको एक सय २० तोला चाँदी बरामद गरेको हो ।
बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।
