कञ्चनपुरको वेदकोटमा किसानलाई अर्गानिक मल वितरण
 
dd

कञ्चनपुरको वेदकोट नगरपालिकामा किसानलाई अर्गानिक मल वितरण गरिएको छ।

नगरपालिकाभित्रका किसानहरुलाई अर्गानिक मलका साथै बेमौसमी तरकारी नर्सरी, पोलि हाउसका लागि बिउ, विषादी वितरण गरिएको हो।  नगरपालिका र यूएनडीपीको आर्थिक सहयोगमा स्वीट नेपालले उक्त सामग्रीहरु वितरण गरेको बताइएको छ।

२० जना नर्सरी किसान, खुर्सानी खेती गरिरहेका ५० जना, बेमौसमी तरकारी खेती गरिरहेका ८० जना र अन्य ९५ जना किसानलाई मल तथा बीउ, विषदी वितरण गरिएको जनाइएको छ।