
सुदूरपश्चिममा आज ४० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ९ सय ५ जनाको नमुना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा १६२ जनाको नमुना परीक्षण गर्दा २१ जना, महाकाली अस्पतालमा २४ जनाको नमुना परीक्षण गर्दा ३ जना, डडेल्धुरा अस्पतालमा २८ जनाको नमुना परीक्षण गर्दा ३ जना र बैतडी अस्पतालमा ११ जनाो नमुना परीक्षण गर्दा ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यस्तै आज प्रदेशमा ४१ जनाले कोरोना जितेर घर फर्किएका छन्।
