
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा ८६ नमूनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ३जना अस्पतालमा भर्ना भएका छन् । भने, ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १ जना भेन्टिलेटर, २ जनाको आसीयुमा उपचार भइरहेको छ ।
