
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले तत्काल लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमी फिर्ता ल्याउन पहल गर्न आग्रह गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमीबारे कुटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूभि फिर्ता गर्नुपर्ने बताएकी हुन् ।
'लिम्पयाधुरा, लिपुलेक, कालापानीसहित जारी गरेको नेपालको नक्शा पारित त गर्यौँ तर विगतको सरकारले कुटनीति पहल नगरेका कारण भूमी फिर्ता हुन सकेन, अहिलेको सरकारले त्यो जमीन फिर्ता ल्याउने पहल गरोस् ।'
