
लगातारको वर्षाले धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका मुख्य सडक नै जलमग्न भएको छ । उपमहानगरपालिका विभिन्न वडाहरुका वस्तीहरु पनि डुवानमा परेका छन् ।


धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले विभिन्न क्षेत्र जलमग्न भएको बताए । वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउ जस्तै देखिएका छन् ।