भनिन्छ नि भाग्यमा भएको कुरा टारेर टर्दैन जसरी पनि हुन्छ । लण्डनमा एउटा त्यस्तै घटना भएको छ । एउटा चम्चाले एक व्यक्तिले २ लाखभन्दा बढी पैसा कमाएका छन् ।
लण्डनको एक गल्लीमा हिँड्दै गरेका एक पुरुषले बेच्न राखेको चम्चा देखे । अरु चम्चाभन्दा त्यो अलि पुरानो र फरक किसिमको थियो । उनले १ यूरोमा उक्त चम्चा किने अनि घरमा लगेर मज्जाले हेरे ।
धेरै अनुसन्धानपछि उक्त चम्चा दुर्लभ मध्यकालीन चम्चा भन्ने पत्ता लाग्यो । त्यसपछि उनले अनलाइनमा उक्त चम्चा बेच्नका लागि राखे । उक्त चम्चा १३औं शताब्दीमा बनेको थियो ।
अर्का एक जना मानिसले २ हजार यूरो अर्थात २ लाख ७० हजार नेपाली रुपैयाँमा उक्त चम्चा किने ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34