
भारतको बैंग्लोर गइरहेका आफन्तको हत्या भएको भन्दै धनगढीको बसपार्कमा रहेको ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार गरिएको छ। कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ४५ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा हत्या भएको भन्दै ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार गरिएको हो।

पशुपती टुर एण्ड ट्राभल्र्समा ढुङगामुडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। पशुपती टुर एण्ड ट्राभल्र्सका सञ्चालक दीपक बिष्टले भने आचार्यले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र मृत्यु भएको बताए। ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो। त्यसपछि मृत्यु भएको विष्टले बताए ।
