कैलालीका किसानलाई तीन महिने बेमौसमी तरकारी खेती तालिम दिइने भएको छ। जिल्लाको कैलारी गाउँपालिका -१ का २० जना किसानलाई आईपीएम पद्धतिमा आधारित ३ महिने बेमौसमी तरकारी खेती तालिम दिइने भएको हो।
युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले सञ्चालन गरेको बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सिप (दक्षता) परियोजना अन्तर्गत उक्त तालिम दिन लागिएको हो।
सो वडाका अध्यक्ष बालकृष्ण डगौराले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने बताए। निड्स नेपालले कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर, कैलाली र बझांगमा सञ्चालन गरिरहेको छ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/05/28, 11:27
2020/07/19, 2:27
2023/08/18, 2:33