दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
 
bb

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइन काटेर नेपाली नागरिक जय सिंह धामीको हत्या गरिएको भनेर चौतर्फी विरोध भएपछि उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।

आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो । गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको समयसीमा दिएको छ ।यस विषयमा भारतीय एसएसबीले भने आफहरुले उक्त घटना नघटाएको स्पष्टीकरण दिइसकेका छन् ।