
सुदूरपश्चिममा मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने, ३६ जना निको भएर घर फर्किएका छन्। प्रदेशभर ५ सय ४४ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय २४ जनाको नमुना परीक्षण गर्दा १२ जना र महाकाली अस्पताल प्रयोगशालामा १६ जनाको नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
मंगलबार प्रदेशभर एन्टिजेन बिधिबाट ३ सय ७० को नमुना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
