
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ मैतहुवा र बिचफाटामा करिब १२ घण्टा पनि अवरुद्ध विद्यूत सेवा सुचारु भएको छ ।

बुधबार बिहान स्थानीय कौवा खोलामा आएको बाढीले बिद्युत् पोल ढालेपछि बिद्युत् अवरुद्ध भएको थियो । घोडाघोडी ग्रामीण विद्यूत सहकारीले बिद्युत् मर्मत गरेपछि अवरुद्ध विद्यूत सेवा सुचारु भएको स्थानीय सिताराम चौधरीले जानकारी दिए ।
विद्यूत सेवा अवरुद्ध हुँदा करिब १५० घरधुरी विद्यूत सेवा बाट वञ्चित भएका थिए ।
