
सुदूरपश्चिम प्रदेशमा मंगलबार कोरोनाका कारण एकको मृत्यु भएको छ । ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । प्रदेशभर ४०९ जनाको नमूना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा ९७ जनाको नमूना परीक्षण गर्दा ४२ जनामा कारोना संक्रममण पुष्टि भएको छ । यस्तै महाकाली अस्पतालममा १० र अछामको कमल बजार प्रयोगशालामा ५ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर ३५ जना जनाले कोरोना निको भएर घर फर्किएका छन् ।
