
नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिँदै छ । महाधिवेशन नजिकिए सँगै सुदूरपश्चिम प्रदेशमा पनि वडा देखि प्रदेश सभापति सम्ममा आकाक्षिहरु टिकट लिन दौडधुपमा छन् ।

सुदूरपश्चिम प्रदेश अध्यक्षको दौडमा अहिले सम्म ५ जना देखिएका छन् । दुई पटक कैलाली जिल्लाको सभापति भइसकेका नरनारायण शाह (मनु) पनि प्रदेश अध्यक्षको लबिङमा छन् । कञ्चनपुरका बहादुर सिह थापा, बझाङका अर्जुन जगबहादुर सिह, अछामका बलबहादुर कुवर र अछामकै गोविन्द शाह रहेका छन् ।
थापा कञ्चनपुरका पूर्व पार्टी सभापति हुन् । शाह पूर्व राज्यमन्त्री हुन् । ५ जना मध्य नरनारायण शाह (मनु) को सम्भावना बढी देखिएको काँग्रेस नेता कार्यकर्ताहरू बताउँछन् ।

‘उहाँ खुलेरै लाग्नु भएको छ तर, अरू आकाक्षि मात्रै देखिएका छन्’ काँग्रेसका एक नेताले भने, ‘अन्तिम सम्म अरू केहि फिर्ता पनि हुन सक्नु हुन्छ ।’