
साउनको पहिलो सोमबार आज धनगढीको शिवपुरी धाममा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँच वटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यो विश्वासमा कैलालीका अन्य शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।