
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको पक्षमा मतदान गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दललाई समेत सरकारलाई समर्थन गर्न पत्र पठाएको भन्दै सरकारको आग्रह स्वीकार गरेर पक्षमा मतदान गर्ने पक्षमा पुगेको जानकारी गराएका हुन् ।

उनले सरकारलाई समर्थन गरे पनि जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरुको मुद्धा फिर्ता नभएको गुनासो गरे । अध्यक्ष ठाकुरले टिकापुर घटना हुँदा घटनास्थलमै नरहेका सांसद रेशम चौधरीलाई विनाकारण जेलमा राखिएको भन्दै आफ्ना माग सम्बोधन गर्न आग्रह समेत गरेका छन् ।
अध्यक्ष ठाकुरले संविधानप्रति आफ्नो पार्टीको असन्तुष्टि कायम रहेको समेत बताए ।
