
कैलालीमा ५०० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) सहित २ जना पक्राउ परेका छन् । गए राती विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका वडा नं ०८ सुनाफाटाबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा से.२ प ८५० नम्बरको मोटर साईकलमा सवार धनगढी उप-महानगरपालिका वडा नं ०८ बस्ने वर्ष २६ को दिनेश सुनार र टिकापुर नगरपालिका वडा नं.०१ शंकरपुर बस्ने वर्ष २० को राजेन्द्र रेग्मी रहेका छन् । पक्राउ परेका दुवै जनालाई पक्राउ गरी लागु औषध (खैरो हिरोईन) शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
