कैलालीको अत्तरियामा रहेको गोदावरी एफएम १० बर्षमा प्रबेश गरेको छ । २०६८ साल जेठ २८ गतेबाट प्रसारण सेवा आरम्भ गरेको एफ एमले आफ्नो प्रसारणको ९ बर्ष पुरा गरी १० बर्षमा प्रवेश गरेको हो ।
५०० वाट क्षमतामा सञ्चालित गोदावरी एफ.एमले कोरोना भाइरसको महामारीका कारण यो बर्ष कुनै औपचारिक कार्यक्रम भने गरेको छैन । एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्याराले १० बर्षे यात्रामा साथ दिने सम्पूर्ण विज्ञापनदाता, कर्मचारी र शुभचिन्तकहरुमा धन्यवाद दिएका छन् ।
उनले आगामी दिनमा पनि एफएमको भूमिकालाई अझै शसक्त बनाउँदै लैजाने बताए । गोदावरी मिडिया प्रालिद्वारा सञ्चालित सो एफएमले यस क्षेत्रका नागरिकलाई सुचना र मनोरन्जनका माध्यमद्वारा सुचित गर्दै आएको छ । गोदावरी मिडिया प्रालिले एफएम सँगै गोदावरी न्युज अनलाईन पनि सन्चालन गर्दै आएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48