
सुदूरपश्चिम प्रदेशमा शनिबार ४३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । २८ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरी ४ सय ८४ नमुना परीक्षण गरिएकोमा ४३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालमा ५५ जनाको नमूना परीक्षण गर्दा ३३ जना र डडेल्धुरा अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा मृतकको संख्या भने शून्य रहेको जनाएको छ ।
हालसम्म सुदुरपश्चिममा ४४ हजार ५ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । ३५ हजार ३ सय ८ जनाले कोरोना जितेका छन् । हालसम्म प्रदेशभर ५७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
