
भारतबाट फर्किएका एक वृद्धको मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कैलालीको त्रिनगर नाकाबाट स्वदेश भित्रिने क्रममा बेहोस भएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएको इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए ।

भारतको तमिलनाडुबाट फर्किएका उनी सिमा क्षेत्रमै बेहोस भएका थिए । उपचारकै क्रममा साँझ ६ बजे मृत्यु भएको हो । उनी दम र प्रेसरबाट पीडित रहेका थिए । मृतकमा मिर्गौला सम्बन्धी पनि रोग समेत रहेको सेती अञ्चल अस्पतालले जनाएको छ ।
उपचारको क्रममा वृद्धको आरडिटी रिपोर्ट नेगेटिभ आएको वरिस्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए । कोरोनाको लक्षण नदेखिएको र आरडिटि रिपोर्ट पनि नेगेटिभ हुदा उनको पिसिआर परिक्षण आवस्यक नभएको उनले बताए।
